विश्व खाद्य स्वच्छता दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै

, काठमाडौं । विश्व खाद्य स्वच्छता दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदै छ । नेपालमा ‘खाद्य पदार्थमा मापदण्ड, जीवन रक्षाको आधारस्तम्भ’ भन्ने नाराका दिवस मनाइन लागेको हो ।
जेठ १८ गतेदेखि २४ गतेसम्म सप्ताहव्यापी रूपमा विभिन्न कार्यक्रम गरी देशैभर विश्व खाद्य स्वच्छता दिवस मनाइदैछ ।
संयुक्त राष्ट्र संघले वर्ष २०२३ का लागि ‘खाद्य स्वच्छताले जीवन बचाउँछ’ भन्ने अन्तर्राष्ट्रिय नारा तय गरेको छ ।
सर्वसाधारण नागरिकको स्वास्थ्य सुविधा कायम राख्न र खाद्य पदार्थमा कुनै किसिमको मिसावटविरुद्ध जनचेताना जगाउन खाद्य प्रविधी तथा गुण नियन्त्रण विभागसहित विभिन्न निकाय र खाद्य अधिकारको क्षेत्रमा कार्यरत संस्थाले देशभर जनचेतनामुलक अभियान गरिरहेका छन् ।

Uncategorized