मकवानपुरको राप्ती नदि नियन्त्रण्को काममा सांसद महेश बर्तौलाको सक्रियता

मकवानपुरको राप्ती नदि नियन्त्रण्को काममा सांसद महेश बर्तौलाको सक्रियता

facebook sharing button
email sharing button
sharethis sharing button

हेटौंडा । मकवानपुर निर्वाचन क्षेत्र नम्बर २ बाट निर्वाचित साँसद महेश बर्तौलाले मकवानपुरको पस्चिमी क्षेत्रको राप्ती नदि नियन्त्रणमा सकृयता देखाउनु भएकोछ । आज बर्तौलाले स्थानिय अगुवा सहितको टोलि फिल्ड भिजिटको लागि मनहरी ड्याम साइड पुग्नु भएको थियो ।

साँसद बर्तौला मनहरी गाउँ पालिकाको पुर्व अध्यक्ष एकराज उप्रेती सहित राप्ती नदिको कटान क्षेत्र तथा ड्याम क्षेत्रमा पुग्नु भएको हो । आज बर्तौला मनहरीको माथिल्लो ज्यामिरे क्षेत्रबाट ड्याम साईड निरिक्षण गर्दै डिपाड हुँदै लोथर खोला पुल नजिक सम्म पुग्नु भएको हो ।

बर्तौलाले मनहरीको खोलाले कटान गर्न सक्ने बस्ती क्षेत्र तथा मनहरी मुख्य बजार क्षेत्रलाई बचाउन आफुले प्राथमिकता सहित काम गर्ने सोछ रहेको स्थानिय अगुवाहरुसंग छलफलका क्रममा राख्नु भयो । साँसद बर्तौला आज नै भरतपुरको चितवनमा रहेको नारायणी नदि नियन्त्रण आयोजना कार्यालयमा पुगेर कार्यालयको आयोजना प्रमुख गणेश मरासिनीसंग भेट गरि आफ्नो क्षेत्रका नदि कटान नियन्त्रणमा तुरुन्त काम गर्नुपर्ने धारणा राख्नु भयो ।

आयोजना प्रमुख मरासिनिले पनि मकवानपुरबाट साँसदको बिकासम पहल कदमी यश अघि नभएको र अहिले पहिलोपटक पहल भएको बताउदै । आफ्नो जिम्मेवारी नै भएकोले उक्त क्षेत्रमा काम गर्न आफुले भुमिका खेल्ने बताउनुभयो ।

Uncategorized