हेटौंडा-१४ का वडा अध्यक्ष दिपक खड्काले एमाले रोजे

 

हेटौँडा / हेटौँडा उपमहानगरपालिका १४ नं वडाका अध्यक्ष दिपक खड्काले नेकपा एमालेमा रहने बताएका छन ।

२०७४ को स्थानीय निर्वाचनमा माओवादी केन्द्रबाट वडा अध्यक्षमा निर्वाचित भएका खड्काले एमाले र माओवादी एकता भएर बनेको नेकपालाई सर्वोच्च अदालतले एमाले र माओवादी केन्द्र ब्युँतिएपछि एमालेमा रहने निर्णय गरेका हुन् ।

वडा अध्यक्ष खड्काले अबको राजनैतीक यात्रा एमालेबाट हुने बताएका हुन् । माओवादी केन्द्रबाट वडा अध्यक्षमा निर्वाचित भएका खड्का माओवादी र एमाले एकिकरण हुदाँ नेकपाको संस्थापन अर्थात ओली पक्ष तिर खुलेरै लागेका थिए ।

सर्वोच्च अदालतलको फैसल्ला पछि नेकपा एमाले र माओवादी पुर्ववत अवस्थामा फर्किएसँगै कुनै पार्टीमा नखुलेका खड्का माओवादी पार्टीले जनताको लागी काम गर्न नसकेको,पार्टीका अध्यक्ष प्रचण्ड पद पाउनकै लागी जोसँग पनि सत्ता समिकरण गर्न तयार रहेको र साथै मकवानपुर जिल्लाका नेताहरु पदलोलुप भएको कारणले आफुले नेकपा माओवादी छोडेर गरी एमाले पार्टी खुल्ने तयारी गरेको जानकारी दिएका छन ।

मुख्य समाचार राजनीति समाचार स्थानीय