सुनचाँदीको भाउ बढ्यो 

हेटौंडा। साताको दोस्रो दिन सोमबार सुनचाँदीको भाउ बढेको छ। सोमबार सुन तोलामा २०० रुपैयाँले बढेको हो। 
आइतबार प्रतितोला ९७ हजार ९ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन सोमबार ९८ हजार १ सय रुपैयाँ कायम भएको छ । त्यसैगरी तेजावी सुनको मूल्यपनि बढेर तोलाको ९७ हजार ६ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी तथा सिल्प व्यवसायी संघले जनाएको छ।यता चाँदीको भाउ पनि १५ रुपैयाँले बढेको छ। आइतबार तोलामा एक हजार २७५ रुपैयाँमा कारोबार भएको चाँदी सोमबार तोलामा १५ रुपैयाँले बढेर एक हजार २९० रुपैयाँमा पुगेको जनाइएको छ ।

Uncategorized