बिकासको लागि शिक्षा अपरिहार्य : सामाजिक विकास मन्त्री मोक्तान

चितवन, १५ माघ/ बागमती प्रदेशकी सामाजिक विकास मन्त्री कुमारी मोक्तानले सबै क्षेत्रको विकासको लागि शिक्षाको विकास हुनुपर्ने बताउनुभएको छ । आइतबार चितवनको माडी नगरपालिकाको वडा नम्बर ५ मा रहेको दिवाकर स्मृति माध्यमिक बिद्यालयको ५१ औं बार्षिकोत्सव तथा अभिभावक दिवसको अवसरमा मन्त्री मोक्तानले सो कुरा बताउनु भएको हो ।

वागमती प्रदेशका बिध्यालयहरुमा बिज्ञान प्रबिधि शिक्षाको बिकासमा प्रदेश सरकारले महत्त्वपूर्ण सहयोग गरेको बताउनुभयो । माडीको शिक्षाको बिकासको लागि बागमती प्रदेश सरकारले सहयोग गर्ने पनि उहाँले बताउनुभयो ।

यसैक्रममा मन्त्री मोक्तानले राष्ट्रिय योजना आयोगको विषेश अनुदानमा निर्माण हुने २४ कोठे भवनको शिल्यान्यास गर्नुभएको छ । १ करोड २३ लाख ७० हजार रुपैयाँ लागतमा निर्माण हुने २४ कोठे भवन निर्माण पश्चात बिध्यालयको प्रशासनिक तथा शैक्षिक गतिबिधि संचालन गर्न सहज हुने विद्यालयका प्रधानाध्यापक राजु अधिकारीले बताउनुभयो ।

बागमति प्रदेश सभा सदस्य ठाकुर प्रसाद ढकालले माडीलाई शैक्षिक हब बनाउनको लागि दिवाकर स्मृति विद्यालयले महत्त्वपूर्ण भुमिका खेलेको बताउनुभयो। विद्यालयमा उत्कृष्ट अंक प्राप्त गर्ने विद्यार्थी, शिक्षक तथा कर्मचारी, अभिभावक लगायतलाई सम्मान गरिएको थियो ।

बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष ओवनाथ पाण्डेको अध्यक्षतामा भएको कार्यक्रममा बागमति प्रदेश सभा सदस्य ठाकुर प्रसाद ढकाल, माडी नगरपालिकाका प्रमुख तारा कुमारी काजी महतो, मनहरी गाउपालिकाको उपाध्यक्ष सीता पुलामी, माडी नगरपालिकाका प्रबक्ता दण्डपाणी पौडेल, ५ नं वडा अध्यक्ष गणेश घताने, शिक्षक अभिभावक संघका अध्यक्ष एकनारायण काफ्ले लगायतको आतिथ्यता रहेको थियो ।

माडी नगरपालिकाको उत्कृष्ट बिध्यालयको रुपमा स्थापित दिवाकर स्मृति माध्यमिक बिध्यालयमा बालबिकास केन्द्रमा ३७२ जना सहित १ हजार एक सय ४२ जना बिध्यार्थी अध्ययनरत छन् ।

बिध्यालयमा कक्षा ५ सम्म अंग्रेजी माध्यममा र कक्षा ६ देखि १० सम्म अंग्रेजी र नेपाली माध्यममा पढाई भैरहेको बिध्यालयका शिक्षक सुर्य प्रसाद पंगेनीले बताउनुभयो ।

Uncategorized बागमती प्रदेश मुख्य समाचार