सफा हेटौंडा अभियानको दोश्रो हप्तामा बृक्षारोपण र सरसफाइ

 

हेटौंडा / हेटौंडा उपमहानगरपालिका र टोल बिकास संस्था नगर समन्वय समितिको आह्वानमा आयोजित सप्ताहब्यापी सरसफाइ अभियानको दोश्रो हप्ता बृहत् सरसफाइ तथा बृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ ।

हेटौंडा उपमहानगरपालिकाको आयोजना तथा टोल बिकास संस्था नगर समन्वय समितीको समन्वयमा हेटौंडा १ र ११ मा रहेको बुद्धपार्क देखि भैरबडाडासम्म बृहत् सरसफाइ तथा बृक्षारोपण कार्यक्रम गरिएको हो ।

सफा हेटौंडा अभियान अन्तर्गत बृहत बृक्षारोपण एवं सरसफाई कार्यक्रम गरिएको टोल विकास संस्था नगर समन्वय समिति अध्यक्ष ध्रुब अधिकारीले बताउनुभयो ।

कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाका प्रमुख मिना लामा, निवर्तमान नगर प्रमुख हरि बहादुर महत, विभिन्न वडाका अध्यक्षहरू, टोल बिकास संस्था नगर समन्वय समितीका पदाधिकारी एवं सदस्यहरु, विभिन्न टोल बिकास संस्थाका पदाधिकारीहरु, ट्राफिक प्रहरी, सामुदायिक वन, सामुदायिक सेवा समितिलगायत विभिन्न सरोकारवाला सङ्घसंस्थाहरूको उपस्थिति रहेको थियो ।
सप्ताहब्यापी सरसफाइ अभियान अन्तर्गत आज हेटौंडा उपमहानगरपालिकाका सबै वडाहरूमा वडा कार्यालय, टोल विकास सस्था वडा समन्वय समिति, टोल विकास सस्थाहरूको अगुवाईमा ३४९ वटा टोल स्तरमा वृहत् सरसफाइ कार्यक्रम सम्पन्न गरिएको छ।

हरित नगरी हेटौंडा शहर सुन्दर र बाताबरणमैत्री बनाउनलाइ अभियान निरन्तर प्रत्येक हप्ता सन्चालन गरिने टोल बिकास संस्था नगर समन्वय समितीका महासचिव शिबहरि दाहालले जानकारी दिनुभयो ।

Uncategorized मुख्य समाचार समाचार समाज