प्यूठान जिप दुर्घटनामा १ को मृत्यु‚ १५ जना घाइते

प्यूठानमा तीर्थयात्री बोकेको जीप दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ  भने १५ जना घाइते भएका छन्।

स्वर्गद्वारीबाट भिंग्रीतर्फ जाँदै गरेको लु ३ च ३५३ नम्बरको जिप स्वर्गद्वारी नगरपालिका-४ उर्लाङमा आज दिउँसो दुर्घटना भएको हो।

दुर्घटनामा रूपन्देहीको मायादेवी गाउँपालिका-३ की ३२ वर्षीया गुडिया ठाकुरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका इन्सपेक्टर लालबहादुर विकले थाहाखबरलाई जानकारी दिए। उनका अनुसार घाइतेमध्ये ९ जनाको अवस्था गम्भीर रहेको छ।

घाइतेलाई प्राथमिक उपचारपछि बुटवल रिफर गरिएको बिकले बताए। घटनाबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।  

समाचार