हेटौंडा १ को टोल बिकास संस्था वडा समन्वय समितीमा ढुंगाना

हेटौंडा / टाेल विकास संस्था वडा समन्वय समिति हेटौंडा-१ तेश्रो साधारणसभा तथा अधिवेशनबाट रुपा ढुंगानाको अध्यक्षतामा नयाँ कार्यसमिती गठन भएको छ ।

वडा समन्वय समितिकाे शुक्रबार सम्पन्न अधिवेशनमा अध्यक्षका अर्का उम्मेदवार जानकी गिरीलाइ ३७ मतले पराजित गर्दै ढुंगाना अध्यक्षमा निर्वाचित भएकी हुन ।
अधिबेशनमा सहभागी ११ वटा टोल बिकास संस्था र वडा समन्वय समितीका प्रतिनिधिहरु कुल ४४ मत खसेकोमा ढुंगानाले ३७ मत र गिरीले ७ मत प्राप्त गरेकी थिइन ।

अधिबेशनले उपाध्यक्षमा गुप्तलाल गिरी, सचिबमा सम्राट सिलवाल र कोषाध्यक्षमा सरस्वती श्रेष्ठ सर्बसम्मत रुपमा निर्वाचित भएका छन । त्यस्तै कार्यसमिति सदस्यहरुमा किशन घिसिङ्ग, रामप्रसाद तिमल्सिना, लक्ष्मी लामा, कमला स्याङ्गतान, निर्जला लामा, कबिता श्रेष्ठ र लक्ष्मी आचार्य पनि सर्बसम्मत रुपमा निर्वाचित भएका छन ।

हेटौंडा उपमहानगरपालिका १ नं वडाका वडा अध्यक्ष सबिन न्यौपानेको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा जिल्ला समन्वय समितीका सदस्य तारा ढुंगाना, टोल बिकास संस्था नगर समन्वय समितिका अध्यक्ष धुर्ब अधिकारी, महासचिव शिवहरि दाहाल, हेटौंडा उपमहानगरपालिकाका कार्यपालिका सदस्य इश्वरी रसाइली, हेटौंडा १ का वडा सदस्य मनु दाहाल, नगर समन्वय समितीका सचिबहरु देबकुमार श्रेष्ठ र शुशिला मल्ल, सदस्यहरु हरि गोपाल सापकोटा लगायत विभिन्न सामाजिक वक्तित्वहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रम वडा समन्वय समितीका अध्यक्ष सुदर्शन पौडेलको अध्यक्षतामा सम्पन्न भएको थियो ।

Uncategorized