हेटौंडामा बागमती प्रदेशको स्थानीय तहका प्रमुख उपप्रमुखलाई अभिमुखिकरण

हेटौंडा । संघीय सरकार र बागमती प्रदेश सरकारको संयुक्त आयोजनामा स्थानीय तहमा निर्वाचित प्रमुख र उपप्रमुखका लागि आयोजना गरिएको अभिमुखीकरण कार्यक्रम हेटौंडामा सुरु भएको छ ।

नवनिर्वाचित जनप्रतिनिधिहरुको लागि स्थानीय सरकार संचालन तथा स्थानीय विकास सम्बन्धी अभिमुखीकरण कार्यक्रमको उद्घाटन बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले उद्घाटन गरेका छन् ।

आज र भोलि हुने कार्यक्रममा प्रदेशको १ सय १९ वटै स्थानीय तहमा निर्वाचित प्रमुख/उपप्रमुख र अध्यक्ष/उपाध्यक्षहरुको सहभागिता रहेको छ ।-khabarbreak

Uncategorized