मतदाताको अन्तिम नामावली र मनोनयन दर्ता आज 

हेटौंडा । जिल्ला समन्वय समिति मकवानपुर (जिसस) को असार २ गते हुने  निर्वाचन अन्तर्गत आज मनोनयन दर्ताको कार्य तालिका रहेको छ। 
मुख्य निर्वाचन अधिकृतको कार्यालय मकवानपुरले जिल्ला समन्वय समिति मकवानपुरकोआगामी असार २ गते विहीबार निर्वाचन हुने उल्लेख गर्दै निर्वाचनको कार्यतालिका प्रकाशित गरेको छ। 
मुख्य निर्वाचन अधिकृतकाे कार्यालयद्वारा सार्वजनिक निर्वाचन तालिका अनुसार जेठ २८ गते मतदाताको नामावली सार्वजनिक गरिसकेको छ भने अन्तिम मतदाता नामावली जेठ ३० गते (आज)प्रकाशन गर्नेछ भने आजै उम्मेदवारकाे मनाेनयन दर्ता गरिने छ । जेठ ३१ गते उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशित गरिनेछ  असार १ गते उम्मेदवारलालाई निर्वाचन चिन्ह प्रदान गरिने मुख्य निर्वाचन अधिकृत डिल्लिरत्न श्रेष्ठले जानकारी दिएका छन्। 

निर्वाचनको कार्य तालिका २ गते विहान १० बजेदेखि दिउँसो २ बजेसम्मको रहेको जनाइएको छ भने मुख्य निर्वाचन अधिकृतको कार्यालय हेटौंडा २ लाई मतदान केन्द्र तोकिएको छ । मकवानपुरका १० वटा स्थानीय तहका प्रमुख र उपप्रमुख गरी कूल २० जनाले जिससको सदस्यकाे निर्वाचनमा मतदान गर्न पाउनेछन् । ९ सदस्यीय जिल्ला समन्वय समितिमा प्रमुख तथा उपप्रमुखसहित ७ सदस्यको लागि मतदान हुनेछ ।
जसमा कांग्रेसको ९,माओवादी केन्द्र ७ नेकपा एमाले ३ र नेकपा(एस)को १ जनप्रतिनिधि रहेका छन्।जिसस नेतृत्वको लागि कांग्रेस,माओवादी केन्द्र  र नेकपा एस विच गठबन्धन रहने बुझिएको छ। यदि गठबन्धन भए जिससमा गठबन्धनले क्लिन स्वीप गर्नेछ।

FB_IMG_1654918244278-1655090533.jpg

prastakhabar

समाचार