प्रधानमन्त्री देउवा र लोसपाका अध्यक्ष ठाकुरबीच बालुवाटारमा छलफल 

प्रधानमन्त्री शेरबहादुर देउवा र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का अध्यक्ष महन्थ ठाकुरबीच सोमबार बिहान छलफल भएको छ । 

प्रधानमन्त्री देउवालाई भेटन अध्यक्ष ठाकुरसहित लोकपाका नेताहरु बालुवाटार पुगेका थिए । आगामी संघीय र प्रदेश निर्वाचनमा लोसपालाई पनि गठबन्धनमा ल्याउने प्रधानमन्त्री देउवाको तयारी रहेको छ । 

देउवाले लोसपाले उठाउँदै आएका नागरिकता विधेयक लगायतका मागहरु सम्बोधन गर्ने आश्वासन दिएपछि लोसपा पछिल्लो समय सरकारसँग नजिकिएको छ । 

आजको भेटमा पनि नागरिकता विधेयक अगाडि बढाउने, नेता कार्यकर्तामाथि लगाइएका मुद्दा फिर्ता लिने लगायतका विषयमा छलफल भएको बुझिएको छ ।

मुख्य समाचार