कोरोनाको कारण ज्यान जानेको संख्या १० लाख नाघ्यो

मकवानपुर- विश्वभरमा कोरोनाको कारण ज्यान जानेको संख्या १० लाख नाघेको छ । संक्रमितको संख्या ३ करोड ३२ लाखको नजिक पुगेको छ भने कोरोनाबाट निको हुनेको संख्या पनि झण्डै २ करोड ४५ लाख ९ हजार नजिक पुगेको छ । अहिले पनि ७६ लाख ७७ हजार संक्रमित उपचारको क्रममा रहेकामा करिब ७६ लाख १२ हजार को स्वास्थ्य अवस्था सामान्य रहेको छ भने ६५ हजार को स्वास्थ्य अवस्था नाजुक रहेको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।

Uncategorized