मकवानपुरमा बुधबार बिहानै ३४ जनामा कोरोना संक्रमण पुष्ठि

हेटौंडा- मकवानपुरमा बुधबार बिहानै ३४ जनामा कोरोना संक्रमण पुष्ठि भएको छ।
रिपोर्ट अनुसार १४ जना महिला र २० जना पुरुषमा संक्रमण पुष्टी भएको हो । असोज ११ गते संकलन गरिएको स्वाबको हेटौँडामा रहेको किटजन्य रोग तथा तालिम केन्द्रमा गरिएको परीक्षणको नतिजा आज बिहान सार्वजनिक गरेको जनाईएको छ। कोरोना पुष्टि भएका मध्ये ३२ जना हेटौँडा उपमहानगरपालिका भित्रका र १ जना थाहा र १ जना बकैयाका गरि ३४ जनामा संक्रमण देखिएको उपमहानगरपालिकाका जनस्वास्थ्य निरीक्षक भोला चौलगाईले बताउनुभयो ।

Uncategorized