पूर्व अर्थमन्त्री खतिवडा अमेरिकाको राजदूत नियुक्त, मुख्य सचिवमा शंकरदास बैरागी

काठमाण्डौ – सरकारले पूर्व अर्थमन्त्री डा. युवराज खतिवडालाई अमेरिकाको राजदूतमा नियुक्त गर्ने सिफारिस गरेको छ।

बिहीबार बिहान बसेको मन्त्रिपरिषद बैठकले उनलाई अमेरिकाका लागि नेपाली राजदूत नियुक्त गर्न सिफारिस गरेको हो।

यस्तै, मुख्य सचिवबाट राजीनामा दिएका लोकदर्शन रेग्मीलाई बेलायतको राजदूत नियुक्त गर्ने सिफारिस पनि गरेको छ।

यसैगरी, मुख्यसचिवमा परराष्ट्र मन्त्रालयका सचिव शंकरदास बैरागीलाई नियुक्त गर्ने पनि मन्त्रिपरिषद्को बैठकले निर्णय गरेको छ।

Uncategorized