मकवानपुरगढी वडा नं ३ का वडा अध्यक्ष घिमिरेले सरकारी सुविधाको मोटरसाइकल गरे फिर्ता

मकवानपुरगढी- मकवानपुरगढी गाउपालिका वडा नं ३ का अध्यक्ष भागवत घिमिरेले आफुले पालिकाबाट लिदैआएको मोटर साइकल पालिकालाई नै फिर्ता गर्नुभएको छ ।

आज पालिकाका स्टोर शाखा प्रमुख युवराज पौडेललाई मोटरसाइकलको साँचो हस्तान्तरण गर्दै उक्त सुबिधालाई बिकास निर्माणमा नै खर्च गर्ने बाचाका साथ साँचो हस्तान्तरण गरिएको वडा अध्यक्ष घिमिरेले बताउनु भयो ।

समाचार स्थानीय