तत्काल राहदानी नबनाउन जिल्ला प्रशासन कार्यालय मकवानपुरको आग्रह

मकवानपुर । जिल्ला प्रशासन कार्यालय मकवानपुरले अत्यावश्यक नभएमा हाल राहदानी नबनाउन सबैसँग आग्रह गरेको छ।

राहादानी विभागले आगामी ३ महिनाभित्र विद्युतीय राहदानी जारी गर्ने तयारी गरिरहेको भन्दै प्रशासनले हाल अत्यावश्यक नभएको अवस्थामा राहदानी नबनाउन भनेको हो। प्रशासनले बुधबार एक सुचना जारी गर्दै तीन महिनाभित्रै हालको राहदानी भन्दा अत्याधुनिक र गुणस्तरीय राहदानी उपलब्ध हुनेहुँदा अहिलेनै राहदानि बनाउन हतार नगर्न आग्रह गरेको हो ।

नयाँ राहदानी आएसँगै सम्बन्धित कार्यालयबाट प्रत्यक्ष दर्तामार्फत राहदानीका लागि आवेदन दिन सकिने भएकोले प्रभावकारी ढुवानी सेवा सञ्चालन गरी ७ दिनभित्रै जिल्लाबाटै सेवाग्राहीले राहदानी प्राप्त गर्न सक्नेछन्। अहिलेकै शुल्कमा सेवाग्राहीहरुले विद्युतीय चिप्स सहितको हालको भन्दा धेरै गुणस्तरीय विद्युतीय राहदानी प्राप्त गर्न सकिने भन्दै प्रशासनले अतिआवश्यक नपरी राहदानी बनाउन आग्रह गरेको हो।

स्थानीय