मकवानपुरगढीमा असोज १२ देखि १४ गतेसम्म कोभिड-१९ विरुद्धको खोप लगाईदै

मक्रान्चुली- मकवानपुरगढी गाउँपालिकामा यहि असोज १२ देखि १४ गतेसम्म कोभिड-१९ विरुद्धको खोप लगाउन लागिएको छ ।

यस अघि भदौ १७ र १८ गते भेरोसिलको पहिलो मात्रा खोप लगाएकालाई असोज १२ गते खोपको दोश्रो मात्रा लगाइने छ भने यस अघि खोप नलगाएका ४० वर्ष माथीका पालिकामा बसोबास गर्ने सबै नागरिक तथा १८ वर्ष पूरा गरेका विद्यार्थीहरुलाई भेरोसिल खोपको पहिलो मात्रा लगाउन लागिएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख ध्रुव प्रसाद लामिछानेले बताउनु भएको छ ।

गाउँपालिकाको ८ ओटै वडाका स्वास्थ्य संस्थामा खोप लगाईने हुनाले आफुलाई पायक पर्ने स्थानबाट खोप लगाउन सकिनेछ । खोप लगाउन जाँदा उमेर खुल्ने परिचय पत्र लिएर जानुपर्ने गाउँपालिकाले आज प्रकाशित गरेको सुचनामा जनाइएको छ ।

समाचार स्थानीय स्वास्थ्य