नेशनल लाईफ इन्स्योरेन्स हेटौंडा शाखामा दशैको टीका सहित शुभकामना आदानप्रदान

२५ असोज २०७८,
हेटौंडा – बडा दशैं आगमनको अवसर पारी नेशनल लाईफ इन्स्योरेन्स हेटौंडा शाखाले आज शाखा कार्यालयमा दशैंको टीका सहित शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरेको छ ।

शाखा प्रमुख शर्मिला बलामीको अध्यक्षतामा भएको कार्यक्रममा हेटौंडा शाखाका कर्मचारी लगायत बिमा अभिकर्ताहरुको उपस्थिति रहेको थियो ।

बलामीले शाखा प्रमुखको जिम्मेवारी बहन गरेसँगै बिमा अभिकर्ताहरुसँग विभिन्न योजना सहितका छलफलहरु संचालन भईरहेका छन् ।

नेशनल लाईफ इन्स्योरेन्सको हेटौंडा शाखालाई यसवर्ष उत्कृष्ट शाखा बनाउन विभिन्न योजनाहरु सहित आफू लागिरहेको शाखा प्रमुख बलामीले बताउनु भएको छ । यस बिमा कम्पनी नेपाल कै पुरानो , भरपर्दो र विश्वासिलो बिमा कम्पनीको रुपमा रहेको छ ।

मनोरञ्जन समाचार समाज