अध्यक्ष उप्रेतीद्वारा मनहरी-५ को नवनिर्मित वडा कार्यालय भवन उद्घाटन

मनहरी/ मकवानपुरको मनहरी गाउँपालिका वडा नंबर ५ बसन्तपुरमा नवनिर्मित वडा कार्यालय भवन उद्घाटन गरिएको छ । बुधबार गाउँपालिकाको अध्यक्ष एकराज उप्रेतीले नवनिर्मित वडा कार्यालय उद्घाटन गरेका हुन् ।

१ करोड १३ लाखमा सम्झौता भई निर्माण शुरु गरिएको वडा भवन १८ महिनाको कार्य सम्झौता अवधिमा कोरोना भाइरसको सक्रमण र निषेधाज्ञाले गर्दा ६ महिना सम्झौता थप गरि निर्माण सम्पन्न गरिएको थियो ।

वडा कार्यलयको भवन उद्घाटन गर्दै अध्यक्ष उप्रेतीले युगौ देखिको बलिदानलाई संघिय गणतन्त्र संस्थागत गर्न गाउँगाउमा सिंहदरबारको योजना अनुरुप कामहरु भईरहेको बताए । उनले वडाबासीको इमान्दारिता र धैर्यताले नवनिर्मित वडा भवन उद्घाटन गर्न सफल भएको बताए ।

नवनिर्मित १५ कोठे भवनमा प्रशासन, सोधपुछरदर्ता चलानी, कम्प्युटर शाखा सहित थप मेलमिलाप केन्द्र, प्राबिधिक शाखा र कृषि तथा पशुपन्छी शाखाबाट सेवा शुरु हुने वडा अध्यक्ष शुभराज थिङ्गले बताए । उनले यी शाखाहरु काम गर्न कर्मचारी अपुग हुने भएकोले गाउँपालिका संग समन्वय गरेर कर्मचारीको पदपूर्ति गर्ने बताए ।

 

समाचार समाज स्थानीय