पुरुष शिक्षक भलिबल प्रतियोगिताको उपाधी भानु मावीलाई तथा महिला शिक्षकको जनकलाई

४ मंसिर , मक्रान्चुली– मकवानपुरगढी  गाउँपालिका स्तरीय शिक्षक भलिबल प्रतियोगिताको मकवानपुरगढी ३ मा रहेको भानु मावी विजेता बनेको छ ।

मकवानपुरगढी ७ मा रहेको जनता मावीले आयोजना गरेको प्रतियोगितामा मकवानपुरगढी ५ मा रहेको शारदा मावी लाई पराजित गर्दै भानु मावी बिजयी भएको हो । खेलमा भानु मावीले शारदा मावीलाई २५-१८,२४-१४ र २५-२१ को सोझो सेटमा पराजित गरेको हो ।

यस्तै आजै भएको अर्को खेलमा महिला शिक्षक भलिबल प्रतियोगिताको उपाधी मकवानपुरगढी ६ मा रहेको जनक मावीले आफ्नो पोल्टामा पारेको छ । जनक मावीले मकवानपुरगढी ७ मा रहेको जनता मावीलाई २५-१८,१९-२५ र १५-७ ले पराजित गरेको हो ।

प्रतियोगितामा प्रथम भइ भानु मावीले १० हजार रुपैयाँ जितेको छ त्यस्तै द्वितीय हुने शारदा मावीले ५ हजार र तृतीय हुने मकवानपुरगढी ८ मा रहेको रुपनारायण मावीले ३ हजार प्राप्त गरेको छ ।  यस्तै महिला भलिबलमा प्रथम हुने जनक मावीले १० हजार र दोस्रो हुने जनता मावीले ५ हजार रुपैयाँ प्राप्त गरेको छ ।

मकवानपुरगढी गाउँपालिका अध्यक्ष बिदुर हुमागाईको प्रमुख आतिथ्यता तथा जनक मावीका अध्यक्ष प्रतिमान रुम्बाको अध्यक्षतामा भएको कार्यक्रममा वडा नम्बर ७ का वडाध्यक्ष सुर्य बहादुर रुम्बा र इन्द्र प्रसाद सन्जेलको आतिथ्यता रहेको थियो ।

खेलकुद प्रदेश समाचार