कोभिड संक्रमणबाट सतर्क रहन गाउँपालिका स्वास्थ्य शाखा प्रमुख लामिछानेको आग्रह

८ पौष , मक्रान्चुली- मकवानपुरगढी गाउँपालिकामा पुनःकोभिड -१९ को संक्रमण देखा पर्न थालेको भन्दै सतर्क रहन गाउँपालिकाका स्वास्थ्य तथा सामाजिक विकास शाखा प्रमुख ध्रुवप्रसाद लामिछानेले पालिकाबासी सबैलाई अनुरोध गर्नुभएको छ ।

गत मंसिर महिनामा यस मकवानपुरगढी गाउँपालिकामा जम्मा २ जनामा मात्र कोभिड-१९ को संक्रमण देखा परेको र दुबै जना संक्रमण मुक्त भइसकेको अवस्थामा हेटौंडा अस्पतालमा गरिएको पिसिआर परीक्षणमा गत पौष ६ गते वडा नम्बर २ का २४ बर्षकि १ जना महिलामा संक्रमण देखिएको थियो भने हिजो पौष ७ गते पुनः वडा नम्बर २ कै २२ बर्षका १ जना पुरुषमा संक्रमण देखिएको लामिछानेले बताउनुभयो ।

हाल पालिका भरीमा २ जना कोभिड -१९ पोजिटिभ भएको हुँदा अनिवार्य रूपमा आवश्यक स्वास्थ्य सतर्कता अपनाउन आवश्यक देखिएको भन्दै उहाँले हालसम्म कोभिड-१९ विरुद्धको कुनैपनी खोप नलगाएका १२ बर्ष माथिका सबै गाउँबासीले कोभिड १९ विरुद्धको खोप लगाउन नजिकको स्वास्थ्य संस्थामा सम्पर्क राख्न समेत अनुरोध गर्नुभएको छ ।

समाचार स्वास्थ्य