जिल्ला स्तरिय रनिङशिल्ड भलिबल प्रतियोगिताको उपाधि सहिद सुनिता स्मृति क्लबलाई

१७ पौष मक्रान्चुली- मकवानपुरगढी गाउँपालिकामा भएको जिल्ला स्तरिय रनिङशिल्ड भलिबल प्रतियोगिताको उपाधि बज्रबाराहिमा रहेको सहिद सुनिता स्मृति क्लबले जितेको छ । आज भएको फाईनल खेलमा आयोजक आमभञ्ज्याङ्ग युवा क्लबलाई २५–१७,२५–१६, २५–१८ को सोझो सेटमा पराजित गरेको हो ।

प्रतियोगितामा आयोजक आमभञ्ज्याङ्ग युवा क्लब द्धितिय भएको छ । आजै तेस्रो स्थानको लागि भएको खेलमा आग्रा खेल बिकास समितिले छाहारी क्लबलाई १९–२०,२५–२०,२५–१६, २१–१९ अंकले पराजित गर्दै तृतिय भएको छ । प्रतियोगितामा प्रथम हुने सहिद सुनिता स्मृति क्लबले ६६,६६६ ,द्धितिय हुने आमभञ्ज्याङ युवा क्लबले ३३,३३३ तृतिय हुने आग्रा खेलबिकास समितिले १५ हजार रुपैया शिल्ड मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।

मकवानपुरगढी गाउँपालीका अध्यक्ष बिदुर हुमागाईको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा भिमफेदी गाउँपालीका अध्यक्ष हिदम लामाको बिशिष्ठ आतिथ्यता रेहेको थियो । कार्यक्रममा वडा नम्बर ५ का अध्यक्ष जीतबहादुर घिमिरे, काग्रेस क्षेत्र नम्बर २ का क्षेत्रीय सचिव बलराम घिमिरे , कार्यक्रम संयोजक ईन्द्र प्रसाद संजेल लगायतकाको आतिथ्यता रहेको थियो ।

कार्यक्रममा बिभिन्न बिधामा उत्कृष्ट खेलाडी तथा सहयोगि संघ संस्थालाई सम्ममान गरिएको थियो । प्रतियोगितालाई आगामि बर्षमा पनि निरन्तर संचालन गर्ने आयोजकले जनाएको छ । कार्यक्रममा केशब लाल स्मृित पत्रकारिता पुरस्कारबाट खबर ब्रेक डट कमका संपादक धर्मेन्द्र दहाललाई सम्मान गरिएको थियो ।

खेलकुद प्रदेश समाचार समाचार