सुनको मूल्य तोलामा १०० रुपैयाँले बढ्यो

हेटौँडा/ अघिल्ला ५ दिनसम्म लगातार घटेको सुनको मूल्य मंगलबार भने बढेको छ । हिजोको तुलनामा मंगलबार प्रतितोला १ सय रुपैयाँले सुनको मूल्य बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । प्रतितोला ९१ हजार ९ सय रुपैयाँमा छापावाल सुनको कारोबार भएको छ ।

गत बुधबारदेखि सोमबारसम्म सुनको मूल्य निरन्तर घटेको थियो । बुधबार प्रतितोला ९४ हजार ४ सय रुपैयाँ रहेको सुन बिहीबार ९ सय, शुक्रबाररशनिबार ९ सय, आइतबार ४ सय र सोमबार ४ सय रुपैयाँले घटेर ९१ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।

मंगलबार चाँदीको मूल्य भने स्थिर रहेको छ । प्रतितोला १२४० रुपैयाँमा चाँदीको कारोबार भइरहेको महासंघले जनाएको छ । गत बुधबार चाँदीको मूल्य तोलामा १३ सय रुपैयाँ तोकिएको थियो ।

अर्थ समाचार