मंगलबार २६ जनाको स्वाब संकलन

हेटौँडा/ मकवानपुरमा मंगलबार २६ जनाले स्वाब संकलन गराएका छन् । कोरोना शंका लागेका २६ जनाले स्वाब संकलन गराएका हुन ।

स्वाब संकलन गराउनेमा ११ जना पुरुष र १५ जना महिला रहेका छन । हेटौंडा–१० स्थित गोरक्षेश्वर स्वाब संकलन केन्द्रमा संकलन गरिएको स्वाब नमुना हेटौंडा अस्पालको पीसीआर ल्याबमा पठाइएको हेटौंडा उपमहानगरपालिकाका जनस्वास्थ्य निरीक्षक भोला चौलागाईले बताए ।

 

समाचार समाज स्थानीय