मकवानपुरमा आज १५ जनामा कोरोना पुष्टि

हेटौँडा/ मकवानपुरमा आज १५ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य कार्यालय मकवानपुरका अनुसार पछिल्लो २४ घण्टामा पिसिआर विधिबाट ३४ जनाको परीक्षण गर्दा ४ जनामा र एन्टिजेन विधिबाट ३७ जनाको परीक्षण गर्दा ११ जनामा पुष्टि भएको हो । संक्रमण पुष्टि हुनेमा हेटौंडा उपमहानगरपालिकाका २ जना, , थाहा नगरपालिकाका १० जना, मकवानपुरगढी २ जना र मनहरी गाउँपालिकाका १ जना रहेका छन् ।

जिल्लामा हाल सक्रिय संक्रमितको संख्या ८५ जना रहेका छन् । जसमध्ये होमआइसोलेसनमा ८३ जना र संस्थागत आइसोलेसनमा २ उपचाररत रहेका छन् । यस्तै, जिल्लामा आज १५ जना कोरोनामुक्त भएका छन् ।

समाचार समाज