स्याङ्जामा ई-पासपोर्ट सेवा सुरु

हेटौँडा/ जिल्ला प्रशासन कार्यालय स्याङ्जाले जिल्लावासीलाई लक्षित गर्दे ई-पासपोर्ट (विद्युतीय राहदानी) सेवा शुक्रवारदेखि सुरु गरेको छ। सेवाग्राहीलाई सहज सेवा उपलब्ध गराउने उदेश्यले ई-पासपोर्ट सेवा सुरु गरेको प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेलले जानकारी दिए।

प्रजिअ पौडेलका अनुसार ‘डाटा सुरक्षित रहनुका साथै किर्तेको संभावना हुदैँन। अनावश्यक खर्च हुदैँन भने छिटो समयमा पासपोर्ट पाइन्छ।’ प्रशासन कार्यालयले -पासपोर्ट एप्लिकेशन खुलागरेपछि आवश्यक पर्नेले भर्न सक्छन। प्रबिधिको उपयोग गर्न जान्नेले घरमै बसेर फाराम भर्न सक्छन। यसबाट सेवाग्राहीले पासपोर्ट फाराम भर्दा हुने खर्च र अनावश्यक झन्झट कम हुन्छ। ई-पासपोर्टका लागि आफ्नो विवरण भर्ने र आफ्नो डकुमेन्ट अपलोड गर्नुपर्ने हुन्छ।

‘फाराम भरेपछि प्रशासनमा सूचित गराएपछि प्रशासनले दिएको समयमा कार्यालयमा पुगेर फोटो र बायोमेट्रीकका (छाप, ल्याप्चे) बिधि पुरा गर्नुपर्नेहुन्छ। यति गरेपछि पासपार्टका काम सकिन्छ।’ प्रजिअ पौडेलले जानकारी दिए।

प्रशासनले जतिसक्यो उती छिटो मगाउने ब्यवस्था मिलाउन सक्छ। यसका लागि सेवाग्राहीले नागरिकतारराष्ट्रिय परिचयपत्र आवश्यक पर्छ। सेवाग्राहीले फाराम भरेको कागजात र बैंक भौचर भने कार्यालयमा संगैलिएर आउनुपर्ने बताउछन् नेटवर्क एडमिन हेमन्तकुमार शाह। जिल्लामा सुरुवात भएको सो सेवा अव इलाका प्रशासन कार्यालय वालिङबाट पनि संचालन हुने भएको छ।

स्याङ्जामा बैदेशिक रोजगार तथा अध्ययनका लागि बिदेश जानेको संख्या उल्लेख्य छ। २०६८ को जनगणना अनुसार यहाँका झण्डै ४० हजार जनसंख्या विदेशमा छन्। गण्डकी प्रदेशमा कास्कीपछि स्याङ्जामा ईपासपोर्ट सेवा दिने जिल्ला बनेको प्रजिअ पौडेलले जनाए।

प्रदेश समाचार विज्ञान प्रविधि समाचार