थप ६ जनामा कोरोना पुष्टि

हेटौँडा/ मकवानपुरमा पछिल्लो २४ घण्टामा थप ६ जनामा कोरोना पुष्टि भएको छ भने १३ जनाले संक्रमणलाई जितेका छन् ।

पछिल्लो २४ घण्टामा २१ जनामा पिसिआर र २३ जनामा एन्टीजेन परीक्षण गर्दा क्रमशः ४ जना र २ जना गरी थप ६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यलय मकवानपुरले जनाएको छ । पुष्टि हुनेहरुमा ५ जना हेटौंडा उपमहानगरपालिका भित्रका र एक जना मकवानपुरगढी गाउँपालिका भित्रका रहेको कार्यलयले जनाएको छ ।

जिल्लामा हाल ७९ जना सक्रिय संक्रमित उपचाररत रहेका छन् ।

समाचार समाज स्थानीय स्वास्थ्य