नेपालमा थप ७४७ जनामा कोरोना पुष्टि

हेटौँडा/ नेपालमा पछिल्लो २४ घण्टामा थप ७४७ जनामा कोरोना पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा गरेको ८ हजार ६९६ जनाको परीक्षणबाट उक्त संख्यामा संक्रमित फेला परेका हुन्।

मन्त्रालयका अनुसार ४८२ पिसिआर परीक्षणबाट र २६५ एन्टिजेन परीक्षणबाट संक्रमण पुष्टि भएको हो। पछिल्लो २४ घन्टामा २३१९ जना कोरोना संक्रमित निको भएका छन्। यस्तै, सोही अवधिमा ८ जना कोरोना संक्रमितले ज्यान गुमाएका छन्। हाल देशभर २० हजार ७३९ जना कोरोनाका सक्रिय संक्रमित छन्।

समाचार समाज स्वास्थ्य