बृद्धाश्रमका वृद्ध बा-आमालाई खाना खुवाएर नेशनल लाईफ इन्स्योरेन्स हेटौंडा शाखाले मनायो ३५ औं वार्षिकोत्सब

१० फागुन,हेटौंडा- बृद्धाश्रममा रहेका बृद्ध बा-आमालाई बिहानको एकछाक खाना खुवाएर नेशनल लाईफ इन्स्योरेन्स हेटौंडा शाखाले ३५ औं वार्षिकोत्सब मनाएको छ ।

कम्पनीको हेटौंडा शाखाले हेटौंडा उपमहानगरपालिका वडा नं २,चौकिटोलमा रहेको ॐ बृद्धाश्रममा रहेका बृद्ध-बृद्धाहरुलाई आज मंगलबार बिहानको खाना खुवाएर वार्षिकोत्सब मनाइएको हो ।

कार्यक्रम बोल्दै हेटौंडा शाखाकी शाखा प्रमुख सर्मिला बलामीले कम्पनीको वार्षिकोत्सबको अवसरमा सामाजिक कार्य गर्न पाएकोमा खुशी व्यक्त गर्दै बुढेसकालमा बृद्धाश्रमले साहारा बिहिन बृद्ध बा-आमाहरुको पालन पोषण गरि आश्रय दिएकोमा आफू असाध्यै प्रभावित भएको बताउनुभयो । साथै शाखा प्रमुख बलामीले हेटौंडा शाखाको तर्फबाट बृद्धाश्रमलाई आगामी वर्षबाट वार्षिक पचास हजार सहयोग उपलब्ध गराउने समेत घोषणा गर्नुभयो ।

बृद्धाश्रम संचालक समितिका अध्यक्ष सिद्दिलाल श्रेष्ठको अध्यक्षता तथा नेशनल लाईफ इन्स्योरेन्स कम्पनी प्राली हेटौंडाका शाखा प्रमुख शर्मिला बलामीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रम नेशनल लाईफ इन्स्योरेन्स हेटौंडा शाखाका अभिकर्ताहरु भरत रोक्का , इन्द्रमणी सापकोटा लगायत कम्पनीका कर्मचारीहरुको समेत उपस्थिति रहेको थियो । बृद्धाश्रमका कोषाध्यक्ष फणीन्द्र प्रसाद तिमल्सिनाले कार्यक्रमको संचालन गर्नुभएको थियो ।

२०६४ सालमा स्थापना भएको बृद्धाश्रममा हाल ३३ जना बृद्ध बा-आमाहरु रहेका छन् ।

समाचार समाज