रानाभाटले गरिन् आत्महत्या

हेटौँडा/ मकवानपुरको हेटौंडामा एक महिलाले आत्महत्या गरेकी छन् । हेटौंडा उपमहानगरपालिका वडा नम्वर १० भुटनदेवीस्थित आज दिउँसो एक महिलाले आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक जयश्वर रिमालले जानकारी दिए ।

प्रहरी नायव उपरीक्षक रिमालका अनुसार, दिउँसो स्थानीय ३२ वर्षीया मारबी रानाभाटले आफु सुत्ने कोठाको फाइनमा झुण्डिए आत्महत्याको प्रयास गर्दा परिवारले देखेर उपचारको लागि हेटौंडा अस्पताल ल्याइएकोमा चिकित्सकले मृत घोषणा गरेका हुन् । मृतक रानाभाटको शव हाल हेटौंडा अस्पतालको शवगृहमा राखिएको छ । उक्त घटनाको विषयमा आवश्यक अनुसन्धान भइरहेको जनाइएको छ ।

समाचार समाज स्थानीय