मोटरसाईकल दुर्घटनामा लामाको मृत्यु

हेटौँडा/ सोमबार राति मकवानपुरको ईन्द्रसरोबर गाउँपालिका वडा नम्बर-२ सुकौरामा मोटरसाइकल अनियन्त्रित भइ दुर्घटनाग्रस्त हुँदा एक जनाको मृत्यु भएको छ ।

कुलेखानी फाखेल काठमाण्डौ सडकखण्ड अन्तर्गत काठमाण्डौंबाट इन्द्रेसरोबर-२ कंलकी तर्फ जाँदै गरेको बा ५७ प ८५७० नम्बरको मोटरसाइकल कंलकीमा दुर्घटना हुदाँ चालक सोही स्थान बस्ने अन्दाजी ३३ बर्षीय दोर्जे लामाको मृत्यु भएको मकवानपुरका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले बताएका छन् ।

लामा सडकबाट अन्दाजी ३५०/ ४०० फिट तल झरेको र घटनास्थलमै मृत्यु भएको जनाइएको छ।

समाज