सोमबार ५ जनामा कोरोना पुष्टि

हेटौँडा/ मकवानपुरमा सोमबार ५ जना व्यक्तिमा कोरोना पुष्टि भएको छ।

स्वास्थ्य कार्यालय मकवानपुरले उपलब्ध गराएको तथ्याङ्क अनुसार पछिल्लो २४ घण्टामा ३४ जनाको पिसिआर र एन्टिजेन विधिबाट कोरोना जाँच गर्दा ५ जनामा संक्रमण पुष्टि भएको हो। आज पुष्टि हुने ५ सँगै मकवानपुरमा हाल सम्म कोरोना पुष्टि हुनेको संख्या १७९२१ रहेको छ।त्यसैगरी पछिल्लो २४ घण्टामा ५ जना संक्रमण मुक्त भएका छन।

 

 

समाज