देशभर थप ३ सय १२ जनामा कोरोना पुष्टि

हेटौँडा/ पछिल्लो २४ घन्टामा देशभर ३ सय १२ जना कोरोना संक्रमित भेटिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरण अनुसार ८ हजार ६९३ जनामा गरिएको परीक्षणमा ३ सय १२ जनाको रिपोर्ट पोजेटिभ आएको हो। आज २ जना संक्रमितको मृत्यु भएको छ।

यस्तै आज ९ सय ११ जना संक्रमित संक्रमणमुक्त भएका मन्त्रालयले जनाएको छ। यो संक्रमितका तुलनामा तेब्बर बढी हो। हाल देशभर १० हजार ९० जना सक्रिय संक्रमित रहेका छन्।

समाज