आजको मौसम : केही स्थानमा वर्षाको सम्भावना

हेटौँडा/ मौसम पूर्वानुमान महाशाखाले हाल देशको पश्चिमी भेगमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको जनाएको छ । देशको सुदूर पश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी तथा बागमती प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाकी भू–भागमा आंशिक बदली रहेको छ ।

महाशाखाका अनुसार, बिहीबार देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली रहनेछ । देशको सुदूर पश्चिम, कर्णाली र प्रदेश १ का पहाडी भू–भागका एक–दुई स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको छ ।

समाज