लागुऔषध गाँजासहित दर्जी पक्राउ

हेटौँडा/ लागुऔषध गाँजासहित एकजनालाई मकवानपुर प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुरको कैलाश गाउँपालिका–७ का २९ वर्षीय सुमिन्द्र कुमार दर्जी रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

मकवानपुरको राक्सिराङ गाउँपालिकास्थित प्रहरी चौकी चैनपुरबाट खटिएको प्रहरी टोलीले राक्सिराङ–५, चैनपुरमा सुरक्षाजाँच गर्ने क्रममा दर्जीले लुकाई छिपाई ल्याएको ८ किलो लागुऔषध गाँजा फेला परेको प्रहरीले जनाएको छ । दर्जीलाई लागुऔषध गाँजासहित पक्राउ गरी जिल्ला अदालत मकवानपुरबाट १० दिनको म्याद अनुमति लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

समाज