सुनचाँदीका गहनासहित एकजना पक्राउ

हेटौँडा/ प्रहरीले सुन र चाँदीका गहनासहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

पथलैयाबाट हेटौंडातर्फ आउदै गरेको प्रदेश २-०३-०२० प ८२४५ नम्बरको मोटरसाइकल चेक गर्ने क्रममा भारतको बिहार जिल्ला सितामडी थाना परिहार पोष्ट अन्धौली-३ का २२ वर्षीय सोलार साह भन्ने राजा साहलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता तथा डीएसपी जयश्वर रिमालले बताए ।

प्रहरी प्रवक्ता रिमालका अनुसार उनको साथबाट चोरी पैठारी गरी ल्याएको २४।०६२ ग्राम सुन र दुई किलो १८ ग्राम चाँदी बरामद गरिएको छ । अहिलेको बजार मूल्यअनुसार बरामद सुनचाँदी चार लाख ४० हजार ८६२ रुपैयाँ बराबरको छ ।

यस सम्बन्धमा थप अनुसन्धानका लागि बरामद सामग्रीसहित साहलाई राजश्व अनुसन्धान कार्यालय पथलैया पठाइएको प्रहरीले जनाएको छ ।

समाज