हेटौंडा –१० मा निशुल्क स्वास्थ्य जाँच तथा औषधि वितरण कार्यक्रम, १७७ जनाले लिए सेवा

हेटौँडा/ हेटौंडा उपमहानगरपालिका वडा नम्बर–१० र वडा कार्यालयको आयोजनामा निशुल्क स्वास्थ्य जाँच तथा औषधि वितरण कार्यक्रम भएको छ ।

उपचार शिबिरको उदघाटन कार्यक्रम मेयर हरि बहादुर महतले गर्नुभयो । कार्यक्रममा बोल्दै उहाँले यस्ता शिबीरले शशुल्क रुपमा पैसा तिरेर उपचार गर्न नसक्नेहरुका लागि उपयोगी हुने बताउनुभयो । उपमहानगरपालिकाले स्वास्थ्यको क्षेत्रमा धेरै काम गरिएको मेयर महतले बताउनुभयो ।

हेटौंडा– १० का वडा अध्यक्ष किताप सिंह लामाको सभाध्यक्षतामा सोलिड्यारिटी स्कुलमा सम्पन्न भएको हो। वडा सचिब राम तिमल्सिनाले सन्चालन र स्वागत मन्तब्य व्यक्त गर्नु भएको थियो । वडा सदस्य धर्मराज बस्नेतले राख्नु भएको कार्यक्रममा चुरेहिल अस्पतालका ब्यवस्थापक नारायण श्रेष्ठ, १० नम्बर वडा सदस्यहरु इन्द्र नेपाल, साधना श्रेष्ठ, उमा सुनार , खेलकुद बिकास समितिका अध्यक्ष सानू लामा , हेडम्बा शहरी स्वास्थ केन्द्रका स्वास्थ्यकर्मीहरु र महिला स्वास्थ्य स्वयम् सेबिकाहरुको सहभागिता रहेको थियो ।

चुरेहिल अस्पतालका कन्सल्टेण्ट फिजिसिएन डाक्टर सन्जय कुमार गुप्ता र डाक्टर चन्द्रप्रकाश यादबले १ सय ७७ जना बिरामीहरुको निशुल्क स्वास्थ्य परिक्षण गर्नु भएको थियो ।

समाज