नेकपा एकीकृत समाजवादीको स्थायी कमिटी बैठक बानेश्वरमा शुरु

हेटौँडा/ एमसीसीबारे निर्णय लिन नेकपा एकीकृत समाजवादीको स्थायी कमिटी बैठक बानेश्वरमा शुरु भएको छ ।

अध्यक्ष माधवकुमार नेपाल बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकबाट फर्किएपछि स्थायी कमिटी बैठक शुरु भएको हो । नेता नेपाल भने पार्टीको बैठकबाट निर्णय लिन बाँकी रहेको भन्दै समय मागेका थिए । तर सत्ता गठबन्धनले अब पर्खिन नसक्ने भन्दै एमसीसी व्याख्यात्मक घोषणासहित पारित गर्ने निर्णय गरिसकेको छ ।

 

राजनीति समाचार