हेटौंडा–१७,मा मोटरसाइकल दुर्घटना हुँदा तीनजना घाइते

हेटौँडा/ हेटौंडा–१७,मा मोटरसाइकल दुर्घटना हुँदा तीनजना घाइते भएका छन् । घाइते हुनेमा ना १८ प १०५६ नम्बरको मोटसाइकल चालक हेटौडा–५ का ५० वर्षीय चतुरे लामा,बागमती प्रदेश ०२–०१९ प ७०८६ नम्बरको मोटरसाइकल चालक बकैया–७ का २८ वर्षीय प्रदिप स्याङ्तान र मोटरसाइकलमा सवार ३२ वर्षीय जीत बहादुर मुक्तान घाइते भएका छन् ।

शनिबार साँझ ५ बजेको समयमा धरान–चतारा सडकखण्डअन्तर्गत हेटौंडा–१७, ठुलोदमारबाट हटियातर्फ आउँदै गरेको ना १८ प १०५६ नम्बरको मोटरसाइकल र हटियाबाट ठुलोदमार जाँदै गरेको बागमती प्रदेश ०२–०१९ प ७०८६ नम्बरको मोटरसाइकल आपसमा ठोकिँदा तीन जना घाइते भएको हुन् ।

लामाको दाहिने हातमा चोट लागेको छ भने खुट्टा भाचिँएको छ । अरु सामान्य घाइते भएका र अहिले हेटौंडाको चुरेहिल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

समाज