कांग्रेस मकवानपुरको १४ औँ जिल्ला अधिवेशनबाट जिल्ला सदस्यमा ८ जना निर्विरोध निर्वाचित

हेटौँडा/नेपाली कांग्रेस मकवानपुरको १४ औँ जिल्ला अधिवेशनबाट जिल्ला सदस्यमा ८ जना निर्विरोध निर्वाचित भएका छन् । निर्विरोध निर्वाचित हुनेमा दलित तर्फ डम्बर बहादुर विक, थाहा नगरपालिका महिला तर्फ सुनमाया भोम्जन, मकवानपुरगढी गाउँपालिकाको महिलातर्फ भीमकुमारी न्यौपाने, ईन्द्रसरोवर गाउँपालिकाको महिला तर्फ निर्मला रुम्बा, र खुलातर्फ बिष्णुकुमार कार्की, राक्सिराङ गाउँपालिकाको महिलातर्फ बच्चीमाया नेगी र बागमती गाउँपालिकाको खुलातर्फ शेरबहादुर राना मगर ‘क्षितिज’ र बकैया गाउँपालिकाको खुल्ला तर्फ सेतेमान वल रहेका छन् । जिल्ला सभापति सहितका अन्य पदहरुमा भने आज निर्वाचन हुँदैछ । आईतबार भएको मनोनयन दर्ताको अन्तिम नामावली प्रकाशन गर्दै जिल्ला निर्वाचन समितिले ८ जना निर्विरोध निर्वाचित भएको जनाएको हो ।

 

 

राजनीति समाचार