बन्तकर्ताहरुद्वारा रिद्धि सिद्धि सिमेन्टको सवारीमा आगजनी

हेटौँडा/ हेटौंडामा नेपाल बन्दको बन्तकर्ताहरुले रिद्धि सिद्धि सिमेन्टको सवारीमा आगजनी गरेका छन् । हेटौंडा-१५ को रातोमाटेको शिवम् रोडबाट रिद्धि सिद्धि सिमेन्ट उद्योग जाने सडकमा प्रदेश ३-०३-००१ ख ०१७५ नंबरको बल्कर गाडीमा आगजनी भएको हो ।

आगजनीबाट सवारीको अगाडी भाग पूर्णमा क्षती पुगेको जिल्ला प्रहरी कार्यलय मकवानपुरका प्रहरी प्रवक्ता जयश्वर रिमालले जानकारी दिए ।

यसअघि आजै बन्दकर्ताहरुले हेटौंडा-१९ बस्तिपुरमा एक ट्रकमा तोडफोड गरेका छन् । सरकारले एमसीसी पारित गरेसंगै विरोधमा विप्लवको नेपाल कम्युनिष्ट पार्टी सहित ६ कम्युनिष्ट पार्टी र २ वटा मोर्चाले संयुक्तरुपमा आज बन्द आह्वान गरेका थिए ।

समाज