हेटौंडामा बन्दकर्ताद्वारा ट्रकमा तोडफोड र ट्याक्टरमा आगजनी

हेटौँडा/ सरकाले एमसीसी पारित गरेसंगै विरोधमा आह्वान भएको नेपाल बन्दको कारण मकवानपुरको हेटौंडामा दुई घटना घटेको छ ।

बन्दकर्ताहरुले जिल्लाको हेटौंडा-१९ बस्तिपुरमा एक ट्रकमा तोडफोड गर्दै सडक अवरुद्ध गरेका छन् भने हेटौंडा-१५ रातोमाटेको शिवम् रोडमा एक ट्याक्टरमा आगजानी गरेको छन् ।

जिल्ला प्रहरी कार्यलय मकवानपुरका प्रहरी प्रवक्ता जयश्वर रिमालका अनुसार बस्पिुरको सडक सूचारु भएको छ भने रोतोमाटेको सडक अवरुद्ध रहेको छ । रातोमाटेको घटनास्थलमा प्रहरी टोली गईरहेको छ ।

समाज