निजामती कर्मचारी सङ्गठन मकवानपुरको ११ औं अधिवेशन सम्पन्न

 हेटौंडा/ नेपाल निजामती कर्मचारी सङ्गठन जिल्ला कार्यसमिति मकवानपुरको ११ औं जिल्ला अधिवेशन हेटौंडामा भएको छ । अधिवेशनको उद्घाटन् गर्दै बागमती प्रदेशका पूर्व मुख्यमन्त्री डोरमणि पौडेलले तीनै तहका स्थायी सरकार भनेको कर्मचारी रहेको बताउनुभयो ।

कर्मचारीले आम नागरिकको हितका निम्ती काम गर्नका लागि आग्रह गर्नुभयो । कार्यक्रममा नेकपा एमाले मकवानपुरका अध्यक्ष एकालाल श्रेष्ठ, नेपाल निजामती कर्मचारी संगठनका केन्द्रीय अध्यक्ष केदार देबकोटा लगायतकाको आतिथ्यता रहेको थियो ।

अधिवेशनले यादविन्द्र पौडेलको अध्यक्षतामा २१ सदस्य नयाँ कार्यसमिति चयन गरेको छ । उपाध्यक्षमा हेम कुमार पाठक, सचिबमा प्रकाश पौडेल, सहसचिबमा सम्झना शाही लगायतका चयन हुनु भएको छ । अधिवेशनले प्रदेश प्रतिनिधि तथा केन्द्रिय प्रतिनिधिहरु समेत चयन गरेको छ ।

समाज