पल शाहमाथि अनुसन्धान गर्न १२ दिनको म्याद थप अनुमति

हेटौँडा/ एक नाबालिगमाथि बलात्कार गरेको आरोप लागेका अभिनेता पल शाहमाथि अनुसन्धान गर्न १२ दिनको म्याद थप भएको छ ।

अनुसन्धान नसकिएको भन्दै म्याद थपका लागि प्रहरीले तनहुँ जिल्ला अदालतमा आज पेश गरेको थियो ।

अदालतले १२ दिनको म्याद थपका लागि अनुमति दिएको हो ।

यसअघि पलमाथि अनुसन्धानका लागि ७ दिनको म्याद दिइएको थियो ।

उनीविरुद्ध जाहेरी परेको ५ दिनपछि मात्रै उनले प्रहरीमा आत्मसमर्पण गरेका थिए ।

पलविरुद्ध नवलपुरमा पनि छुट्टै जाहेरी दर्ता गरिएको छ ।

मनोरञ्जन