सुन आयातमा राष्ट्र बैंकको कडाइ

हेटौँडा/ नेपाल राष्ट्र बैंकले सुन आयातमा कडाइ गरेको छ । राष्ट्र बैंकले आज (आइतवार) निर्देशन जारी गर्दै दैनिक १० किलो मात्रै सुन आयात गर्न पाउने जनाएको छ । 

सुन आयातकै लागि ठूलो रकम विदेशिँदा विदेशी विनिमय सञ्चिति घट्न थालेपछि राष्ट्र बैंकले दैनिक २० किलोको कोटाबाट घटाएर १० किलोमा झारेको हो । 

व्यवसायीले सुन आयातको कोटा बढाइदिन आग्रह गरिरहेका बेला राष्ट्र बैंकले भने उल्टै घटाइदिएको हो । 

अर्थ समाज