सुन तोलाको १ लाख ३ हजारमा कारोबार

हेटौँडा सुनको भाउ लगातार उकालो लागेको छ। साताको पहिलो कारोबार दिन हिजो तोलामा २ हजारले बढेको सुन आज एक हजार १ सय बढेको छ।

आज छापावाल सुन प्रतितोला १ लाख ३ हजारमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। हिजो १ लाख १ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो। त्यसैगरी तेजावी सुनको मूल्य प्रतितोला १ लाख २ हजार ५०० रुपैयाँ तोकिएको छ।

अन्तर्राष्ट्रिय बजारमा भाउ बढेपछि स्थानीय बजारमा पनि सुन अकासिएको हो।

यस्तै चाँदीको भाउ आज पनि उकालो लागेको छ। हिजो १४ सय १५ रुपैयाँमा कारोबार भएको चाँदी तोलामा १० रुपैयाँले बढेर १४ सय २५ पुगेको छ।

अर्थ