ललितपुरमा एकै परिवारका पाँच जनाको मृत्यु 

हेटौँडा/ ललितपुरमा एकै परिवारमा मृत्यु हुनेको संख्या पाँच पुगेको छ।

ललितपुर गाउँपालिका-४ मा सोमबार बिहान एकै परिवारका ४ जना मृत अवस्थामा फेला परेका थिए भने २ दिनको शिशुको अस्पताल पुर्‍याएसँगै मृत्यु भएको हो।

ललितपुर प्रहरी प्रमुख तथा एसएसपी यज्ञविनोद पोखरेलका अनुसार गम्भीर अवस्थाका शिशुका बुवा शुभ स्याङताङको भने पाटन अस्पतालमा उपचार भइरहेको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

समाज