सुनको मूल्य हालसम्मकै उच्च, आज कतिले बढ्यो ?

हेटौँडा/ नेपाली बजारमा आज सुनको मूल्य एकैदिन २५ सय रुपैयाँले वृद्धी भएको छ। आज नेपाली बजारमा छापावाल सुनको मूल्य प्रतितोला एक लाख पाँच हजार पाँच सय कायम भएको छ।

नेपाली बजारमा यो हालसम्मकै उच्च मूल्य हो। यसअघि २०७७ साउन २३ गते सुनको मूल्य एक लाख तीन हजार पाँच सय रुपैयाँसम्म पुगेको थियो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला एक लाख ५ हजार रुपैयाँ कायम भएको छ।

आज चाँदीको मूल्यमा पनि तोलामा ४० रुपैयाँले वृद्धि भएको छ। आज प्रतितोला एक हजार चार सय ५० रुपैयाँमा चाँदी कारोबार भइरहेको महासङ्घले जनाएको छ।

अर्थ