आजको मौसम : केही स्थानमा मेघगर्जनसहित वर्षाको सम्भावना

हेटौँडा/ मौसम पूर्वानुमान महाशाखाले हाल देशमा न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार, देशको सुदूर पश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही अन्य भू–भागमा मौसम सामान्यतया सफा रहेको छ ।

बिहीबार देशको सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश गण्डकी प्रदेश र प्रदेश नम्वर १ का पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली रहने छ । देशको पहाडी भू–भागमा अपराह्न पछि एकरदुई स्थानमा मेघगर्जनरचट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ । उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ ।

समाज