भक्तपुरमा नेवारी सांस्कृतिक बाजा पछिमाको प्रतियोगिता हुने

हेटौँडा/ भक्तपुरमा नेवारी सांस्कृतिक बाजा पछिमाको प्रतियोगिता हुने भएको छ । सांस्कृतिक विधाको संरक्षण सम्वर्द्धन गर्नुका साथै नागरिकमा रहेको सीप उजागर गर्न भक्तपुर नगरपालिकाले भोलि पछिमा बाजा प्रतियोगिता गर्न लागेको हो ।

प्रतियोगिता दरबार स्क्वायरमा हुनेछ । प्रतियोगितामा प्रथम हुने समूहले २० हजार रुपैयाँका साथै पछिमा एक थान, सिछ्या एक थान, तँ एक थान र बाँसुरी चार थान पुरस्कार पाउने छ । यस्तै, द्धितीय हुनेले १५ हजार रुपैयाँका साथै पछिमा एक थान, सिछ्या एक थान, तँ एक थान पुरस्कार प्राप्त गर्नेछ । त्यसैगरी तृतीय हुनेले १० हजार रुपैयाँ, पछिमा एक थान, सिछ्या एक थान तथा सान्त्वना पुरस्कार पाँच हजार रुपैयाँका साथै पछिमा एक थान र सहभागी सबै टोलीलाई पछिमा बाजा एकरएक थान पाउने वडा नं ९ का वडाध्यक्ष रविन्द्र ज्याख्वले बताउनुभयो ।

सांस्कृतिक प्रतियोगिताले भक्तपुरको मौलिक बाजागाजालाई संरक्षण गर्नुका साथै नयाँ पुस्तालाई यसतर्फ आकर्षण बढाउन महत्वपूर्ण भूमिका खेल्ने भएकाले पछिमा बाजा प्रतियोगिता गर्न लागेको नगर प्रमुख सुनिल प्रजापतिले बताउनुभयो ।

समाज